सार्थक प्रकाशन अन्तर्गतकाे साहित्यकुञ्ज मसिककाे दशाैं श्रृंखला कार्यक्रम सम्पन्न -

सार्थक प्रकाशन अन्तर्गतकाे साहित्यकुञ्ज मसिककाे दशाैं श्रृंखला कार्यक्रम सम्पन्न


२०८२ पाैष १५ गते बागलुङ नगरपालिका वडा नं ४ स्थित विद्यामन्दिर पुस्तकालयमा कवि भुपी शेरचनकाे ९१ ओ जन्म जयन्तीकाे अवसरलाई आवद्ध गरि धाैलागिरी साहित्य प्रतिष्ठान र सार्थक प्रकाशनकाे संयुक्त आयाेजनामा मनाएएकाे थियाे । जनवादी विचारका कवि भुपी शेरचनकाे साहित्यिक याेगदानकाे वारेमा चर्चा गर्दै  विभिन्न श्रष्टाहरुले आ आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएकाे थियाे । कवि भुपि शेरचनकाे तस्विरमा फुल अविर अर्पण गर्दै कार्यक्रमका अध्यक्ष एवं धाैलागिरी सहित्य प्रतिष्ठानका अध्यक्ष काजी राेशनले भुपि शेरचनकाे घुम्ने मेचमाथि अन्धाे मान्छे भित्रकाे “मेराे चाेक” नामक कविता वाचन गरी शुभारम्भ गर्नु भएकाे थियाे ।
कार्यक्रममा काेपिला कंडेलले भुपि तिमी जिवित छाै, लाल वहादुर नेपालीले उनकाे संझनामा, चन्द्र वहादुर क्षेत्री” चन्द्र सुर्य” ले घुम्ने मेचमा लुसिफर, शान्ती ज्ञवालीले सवारी विदेशकाे यात्रा संस्मरण, ख्यामराज सुवेदीले प्रवासिलाई चिठि, याम वहादुर क्षेत्रीले हाँसाे जीवनकाे उर्जा, रामचन्द्र शर्मा “उन्मुक्त”ले भुपिकाे संझना, रामवाँण र युक्त प्रसाद सुवेदी ” पहाडी” ले भुपि प्रति श्रद्धाञ्जली, नामक रचना वाचन गर्नु भएकाे थियाे । उक्त अवसरमा भुपि सम्बन्धि प्रतियाेगि कविताहरु मध्ये चन्द्र सुर्यकाे घुम्ने मेचमा लुसिफर प्रथम र लाल वहादुरकाे उनकाे संझनामा द्धितिय भएका थिए , प्रथम र द्धितिय रचनाहरुलाई कवि भुपिकाे कृति घुम्ने मेचमा अन्धाे मान्छे सप्रेम उपहार दिईएकाे थियाे । उक्त अवसरमा सार्थक प्रकाशनका सदस्य एवं वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरेले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । साे अवसरमा कवि शिराेमणि लेखनाथ पाैडेल प्रति हार्दिक शब्द श्रद्धाञ्जली अर्पण गरिएकाे थियाे । उक्त कार्यक्रम धाैलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं सार्थक प्रकाशनका संरक्षक काजी राेशनकाे अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माकाे स्वागत र सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.