
गलकोट नगरपालिका वडा नम्वर ११ रिघा मनेवामा ट्रयाक्टरले किचेर १ जनाको मृत्यु भएको छ ।
मंगलबार राति करिब १० बजेको समयमा बडिगाड गाउँपालिका वडा नम्वर २ खर्बाङ बजारबाट गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजार आउँदै गरेको ध १ त ६०९ नम्वरको ट्रयाक्टर सडकबाट करिब १४ फिट तल खसेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
मध्यपहाडी लोकमार्गबाट खसेको ट्रयाक्टर स्थानीय होम बहादुर सिंजालीको घरमा खस्दा १ जनाको किचेर निधन भएको हो ।
पूर्वि नवलपरासी घर भई गलकोट नगरपालिका वडा नम्वर ११ मनेवा मामाघर आउनुभएका २३ वर्षिय दिपेश सलामीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
दुर्घटना लगत्तै ट्रयाक्टर चालक २३ वर्षिय डिक्सन पुन फरार रहेको र उहाँको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।