पोखराबाट नौ डाँडा तर्फ जादैँ गरेका इभि गाडी पोखरा २५ हेम्जा फेदी दुर्घटना भएको छ । पोखराबाट नौडाँडा तर्फ जादैँ गरेको ग १ ज ८६९१ नम्बरको इभि गाडी चालकले नियन्त्रण गुमाई सडकको बायाँ साइडमा पल्टिना ६ जना घाइते भएका छन् ।
गाडीमा सवार चालक पोखरा १७ घारिपाटन बस्ने बर्ष ३४ को कुशल रत्न परियार घाइते भएका छन् । उनको टाउको, घाँटी, अनुहारमा र दायाँ हातमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।
त्यसै गरी पर्वत जलजला ४ मल्लाज बस्ने बर्ष ३७ को हर्क बहादुर बिक, अन्नपुर्ण गाउँपालिका १ नौडाँडा बस्ने बर्ष २७ को दिपेश परियार, बर्ष २७ कि रितिका परियार, बर्ष ४ की रेगन परियार र बर्ष १ को रियान्त परियार रहेका छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेका प्रहरीले जानकारी दिएको छ । रासस