पाँच वेडको अस्थायी कोरोना अस्पताल ताराखोला गाउँपालिकामा संचालन

पाँच वेडको अस्थायी कोरोना अस्पताल ताराखोला गाउँपालिकामा संचालनमा आएको छ ।

पालिकामा अस्थायी कोरोना अस्पताल संचालन गर्ने नीति अनुसार ताराखोला गाउँपालिकामा पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा आएको हो ।

पहिलोपटक गाउँपालिकाले अस्पतालमा मेडिकल अधिकृत रुपमा सुवास लामिछाने सहितको टोली नियुक्ति भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए ।
गाउँपालिका को बहुउद्देश्यीय भवनको सभा हलमा अस्थायी कोरोना अस्पताल सञ्चालन गरिएको अध्यक्ष घर्ती मगरले बताएका छन ।
१० लाख बजेटबाट वेड सेट, आवश्यक सामग्री खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *