धौलागिरी अनलाइन मंसिर १०
‘राजा आऊ, देश बचाऊ’ भन्दै बुधबार पोखरामा राजावादीहरुले प्रदर्शन गरेका छन् ।
नेपालमा राजतन्त्रको पुनर्स्थापना गर्न माग गर्दै गाडि र मोटरसाइकल सहित र्यालीमा सहभागी भएका राजावादीहरुले देशका विभिन्न स्थानमा पर्दशन गरेका हुन । बुधबार नै जनकपुरमा पनि राजवादीहरुले प्रदर्शन गरेका थिए । यसअघि बुटवल, धनगढी, कोहलपुरलगायतका सहरमा पनि उनीहरुले प्रदर्शन गरेका छन् ।
यस्तै गरि अन्य स्थान मा पनि प्रर्दशन गर्ने उनिहरु बताउछन् ।