बागलुङमा पनि मनाईयाे माेतिरामभट्टकाे जन्मजयन्ती -

बागलुङमा पनि मनाईयाे माेतिरामभट्टकाे जन्मजयन्ती

बागलुङमा पनि मनाईयाे माेतिरामभट्टकाे जन्मजयन्ती
बागलुङ ७ भाद्र २०८२
माेतिराम भट्टकाे १६० औँ जन्म जयती सम्पन्न । धाैलागिरी साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, स्मृति प्रकाशन र विद्यामन्दिर पुस्तकालय बागलुङकाे संयुक्त आयाेजनामा युवाकवि माेतिराम भट्टकाे १६० अौ जन्मजयन्ती मनाईएकाे छ । प्रमुख अतिथि एवं प्र.जि.अ. कुमानसिंह गुरुङले व्यानर पढेर शुभारम्भ गर्नु भएकाे थियाे । साे अवसरमा धवलकला मन्दिर बागलुङबाट २ जना कलाकार र स्मृति प्रकाशनबाट एक जना श्रष्टालाई सम्मान गरिएकाे थियाे । धवलकला मन्दिरकाे तर्फबाट सुमनजंग राजभण्डारी र शिव शाक्यलाई सम्मान गरिएकाे थियाे भने स्मृती प्रकाशनकाे तर्फबाट साहित्यकर्मी चन्द्र वहादुर क्षेत्री.(चन्द्र सुर्य) लाई सम्मान गरिएकाे थियाे । साे अवसरमा गाेविन्द सुवेदीले सम्मानित व्यक्तिहरुकाे व्यक्तित्वमाथि प्रकाश पार्नु भएकाे थियाे ।
विद्यामन्दिर पुस्तकालयमा आयाेजित माेति स्मृति कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कवि माेतिराम भट्टकाे साहित्यिक याेगदानकाे वारेमा चर्चा गर्दै साहित्यले जिवनलाई सार्थक वनाउने कुरा वताउनु भयाे । साे अवसरमा अधिकांश वक्ता एवं श्रष्टाहरुले माेतिराम भट्टकाे व्यक्तित्व र  कृतित्वकाे वारेमा गजल र कविता मार्फत चर्चा गर्नु भएकाे थियाे ।
युवाकवि माेतिराम भट्टले आदिकवि भानुभक्तकाे जिवनी लेखेर भानुभक्तलाई आदिकवि भनेर चिनाउने व्यक्तित्वकाे रुपमा पनि चर्चा गरिएकाे थियाे ।
उक्त अवसरमा विभिन्न १० जना श्रष्टाहरुले आ-आफ्नाे रचना वाचन गर्नु भएकाे थियाे ।  युक्त प्रसाद सुवेदी “पहाडी” गुणराज पाैडेल “गुराँस”, रामचन्द्र शर्मा “उन्मुक्त”, काेपिला कँडेल, गाेविन्द सुवेदी, ख्यामराज सुवेदी, केशवराज रेग्मि, चन्द्र वहादुर क्षेत्री “चन्द्र सुर्य”, शान्ति ज्ञवाली  र याम वहादुर थापाले रचना वाचन गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा धाैलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं सार्थक प्रकाशन र स्मृति प्रकाशनका संस्थापक एवं संरक्षक काजी राेशनले माेतिराम भट्टद्वारा रचित र प्रकाशित कृतिहरुकाे चर्चा गर्नु भएकाे थियाे ।
कार्यक्रम विद्यामन्दिर पुस्तकालयकाे साहित्यिक समितिका संयाेक काजीराेशनकाे अध्यक्षता, सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे स्वागत र स्मृति प्रकाशनका अध्यक्ष गुणराज पाैडेल “गुराँस” काे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.