१५ श्राव २०८२ युक्त प्रसाद सुवेदी बागलुङ
सार्थक प्रकाशन बागलुङकाे साहित्य कुञ्ज (मासिक) काे पाँचाैं श्रृंखला कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रत्येक महिनाकाे १५ गते हुने याे कार्यक्रम २०८१ साल फाल्गुण १५ गते देखि प्रारम्भ गरिएकाे थियाे । हरेक महिनामा फरक फरक धार्मिक, पर्यटकीय तथा दर्शनीय स्थलमा सञ्चालन गरिने उद्देश्य वाेकेकाे कार्यक्रमकाे पाँचाैं श्रृंखला बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचाैर तिलछर्ने स्थित गाैरिधाम शिव मन्दिर परिसरमा सम्पन्न भएकाे थियाे ।

उक्त कार्यक्रमका प्रमुख प्रतिभा, तनहु निवासी साहित्यकार चन्द्रमणि अधिकारीले व्यानर पढ्दै आफ्नाे आमा नामक रचना वाचन गरि कार्यक्रमकाे शुभारम्भ गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा ८ जना श्रष्टाहरुले आ आफ्नाे रचना वाचन गर्नु भएकाे थियाे ।
१.प्रमुख प्रतिभा, चन्द्रमणि अधिकारी – आमा
२.सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवदी- मान्छेकाे
जिन्दगि
३. स्मृति प्रकाशनका अध्यक्ष गुणराज पाैडेल गुराँस
– सहनशिलता
४. सार्थक प्रकनशनका उपाध्यक्ष शकुन्तला शर्मा-आमा
५. स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्मा – दुश्मन वनेर हेर्छाै मन चसक्क हुन्छ
६.सार्थक प्रकाशनका सचिव – युक्तजंग रा.भ – घमण्ड
७.सार्थक प्रकाशन सदस्य शान्ति ज्ञवाली-गाैरिधामका
शिवजी
८.शाेभा शर्मा – आमा
उक्त कार्यक्रममा संस्थाका संस्थापक एवं संरक्षक काजी राेशनले संस्थाकाे मर्म र भावना उल्लेख गर्दै पाेखरा निवासी सरस्वती श्रेष्ठ (सरु) काे फुलहरुकाे आँधि नामक कृतिकाे विवेचना सहित सार सशंक्षेपमा चर्चा गर्नु भएकाे थियाे । उक्त अवसरमा प्रमुख प्रतिभा चन्द्रमणि अधिकारी र गाैरिधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण के. सी. ले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । संस्थाका सदस्य एव वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरेले संस्थाकाे उद्देश्य माथि प्रकाश पार्नु भएकाे थियाे । सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीले आफ्नाे रचना वाचनसंगै गाँउगाँउमा वस्तिवस्तिमा प्रतिभाहरुकाे खाेजि गर्ने उद्देश्यका साथ फरक फरक स्थानमा कार्यक्रम संचालन गर्दै आएकाे कुरा वताउनु भएकाे थियाे ।
कार्यक्रममा अवसरमा गणपति ज्वेलर्स बागलुङका प्राेपाईटर सुन्दरी श्रेष्ठले संस्थाकाे सहयाेगार्थ रु ५,१००।- रुपैया उपलव्ध गराउन भएकाे थियाे ।
कार्यक्रम संस्थाका अध्यक्ष सुवेदीकाे अध्यक्षता, उपाध्यक्ष सकुन्तला शर्माकाे स्वागत र सचिव युक्तजंग राजभण्डारीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा पुर्व कर्मचारी परिषदका अध्यक्ष, सल्लाहकार, गाैरिधाम मन्दिर व्यवस्थापन समिति परिवार र स्थानीय मातृशक्तिकाे उपस्थिति रहेकाे थियाे ।