ताप्लेजुङको ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका पहाडी तथा तराईका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरण भने हालसम्म प्राप्त भएको छैन ।