September 9, 2024

१३औं वार्षिक साधारण सभा अन्तर्गत क्षेत्रगत साधारण सभाबाट चुनिएका प्रतिनिधि र साबिक नारायणस्थान गाबिस वडा नं. ४,६ को ठूलाखोर र केटीचौर र वडा नं. ७, ८ र ९ का शेयर सदस्य सम्मिलित निर्णय प्रमाणित गर्ने मुख्य साधारण सभा आज संस्थाका अध्यक्ष‌ इन्द्रप्रसाद शर्माको अध्यक्षता, बागलुङ नगरपालिकाका उप-प्रमुख राजु खड्काको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भयो ।

संस्थाका उपाध्यक्ष धनबहादुर रोकाको स्वागत मन्तब्य र प्रवन्धक भरत पौडेलको संचालन रहेको कार्यक्रममा बिशिष्ट अतिथि आतिथ्यता र मन्तव्यको लागी बानपा १४ वार्ड अध्यक्ष चक्रबहादुर खत्री, बागलुङ नगरपालिका कार्यपालिका सदस्य चुराबहादुर सुनार, जनता धन मा विका प्रअ कुमार पौडेल, वडा नं. १४ सदस्य डिलबहादुर हरिजन, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उमनाथ सिग्देल, बलेवा नारायणस्थान दूग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद पौडेल, नेपाली काँग्रेस १४ नं. वडा समितिका सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमाले बानपा १४ वडा कमिटी अध्यक्ष महेन्द्र शर्मा, नेकपा माओवादी बानपा १४ वडा कमिटी अध्यक्ष खेमकान्त शर्मा, राष्ट्रिय जनमोर्चा बानपा १४ वडा कमिटी अध्यक्ष रामबहादुर खड्का, डुङ्गाचौर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, नारायणस्थान खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष कृष्ण बहादुर खत्री, क्षेत्रगत साधारण सभाबाट चुनिनु भएका प्रतिनिधि, शेयर सदस्य ज्युहरू सबै जनामा गरिमामय र सार्थक उपस्थितिको लागी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं,
साधारण सभामा सर्वोत्कृष्ट कारोवार गर्ने कृष्णप्रसाद शर्मा, भीमबहादुर खत्री र मीना बिक पैयुँपाटा, नरेन्द्र बहादुर खड्का, हुमबहादुर सुनार, बुद्विमाया हरिजन, दिलिप नेपाली र पुष्पा क्षेत्री नारायणस्थानलाई सम्मान गरिएको थियो, यस्तै कार्यक्रममा संस्थामा कार्यरत ६ जना कर्मचारी, अमलाचौर सेवाकेन्द्रका संस्थापक संयोजक डिल्लीप्रसाद शर्मा, निवर्तमान संयोजक घनश्याम सुनार, पूर्व अध्यक्षद्वय ढुण्डीराज शर्मा र दिपेन्द्र खड्का तथा उत्कृष्ट सेवाकेन्द्र मा अमलाचौर सेवाकेन्द्रलाई सम्मान गरिएको थियो ।


सबै साधारण सभाका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि ज्युहरू, १३औं साधारण सभाको लागी स्थान उपलब्ध गराउनुहुने बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस परिवार, नेपाल पत्रकार महासंघ बागलुङ परिवार, वडा परिवार बानपा १२ अमलाचौर, तुलसी पौडेल र पार्बती पौडेल बानपा १२ उपल्ला सरङ्गी, कृष्णबहादुर खत्री गणेश पार्टी प्यालेस बानपा १४ ठाँटी, जनता धन माध्यमिक विद्यालय बानपा १४ परिवार,

संचालक समिति, लेखा‌सुपरीवेक्षण समिति, सल्लाहकार, उप-समिति, शेयर सदस्य र कर्मचारीप्रति‌ हार्दिक आभारीसहित धन्यबाद् ।

Leave a Reply

Your email address will not be published.