ध्यानाकर्षण पत्र बोकेर मन्त्रालय पुगे गण्डकी प्रदेश सभा सदस्य सुवेदी -

ध्यानाकर्षण पत्र बोकेर मन्त्रालय पुगे गण्डकी प्रदेश सभा सदस्य सुवेदी

कार्तिक २४ राष्ट्रिय गौरव को आयोजना कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ जिल्ला मालढुङ्गा-बलेवा खण्ड १० कि.मि को निर्माण कार्य करिब चार वर्ष अघि ठेक्का प्रक्रिया मार्फत खड्का कृष्ण बि.एन. जेभी कन्स्ट्रक्सनले पाएता पनि सम्झौता मा तोकिएको समयावधि भित्र कार्य सम्पन्न गर्न नसकिएको र पटक पटक समयावधि थपिँदा पनि उक्त सडक मा उल्लेखनिय प्रगति हुन नसकिएको र मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाधेँ सडक खण्ड २६ कि.मि को निर्माण कार्य पनि नै बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । उक्त सडक दुई वर्षमा सम्पन्न गर्ने भनेर २०७३ सालमा भारतसिददिसाई संग सम्झौता भएको थियो । उक्त सडक को बिषयमा स्थानीयवासिहरुले पटक-पटक दबाब दिएपनि सुनुवाइ नहुँदा आगामी मंसिर देखि देखि सो सडक पुर्णरुपमा अवरुद्ध गर्ने चेतावनी समेत दिएका छन । दैनिक हजारौं यात्रुहरुको आवतजावत संग प्रत्यक्ष जोडिएको उक्त महत्त्वपुर्ण सडकहरुमा बर्षेनि बजेट विनियोजन हुदाहुँदै पनि ठेकदारको लापरबाहीका कारण कार्य सम्पन्न नभएको जनजिवनमा गम्भीर असर परेको दुवै सडक खण्ड का निर्माण कार्य यथाशीघ्र प्रभावकारी रुपमा संचालन गराई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजिकरण गरिदिनका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय कुलमान घिसिङ को कार्यकक्षमा मा ध्यानाकर्षण पत्र बोकेर गण्डकी प्रदेश सभा सदस्य माननीय डिल्लीराम सुवेदी पुगे मन्त्रालय ।

Leave a Reply

Your email address will not be published.