बागलुङमा पनि मनाइयो देवकोटा जयन्ती -

बागलुङमा पनि मनाइयो देवकोटा जयन्ती

बागलुङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७औँ जन्मजयन्ती बागलुङमा पनि मनाइएको छ ।

विद्यामन्दिर पुस्तकालय बागलुङ देवकोटा जयन्ती संयोजन समितिले आयाेजना गरेकाे नेपाली सनहितयाकाशका उज्वल नक्षत्र महाकवि लक्ष्मि प्रसाद देवकोटाले नेपाली भाषा, साहित्य, पत्रकारिता, शिक्षा र राजनीतिमा पुर्याएको योगदान स्ममरण गर्दै समाराेहमा कविता वाचन गरिनुका साथै प्रस्तुत कविताहरुकाे प्रतियोगिता पनि गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले ‘देवकोटाले नेपाली साहित्यमा कविता, निबन्ध र महाकाव्य लेखनमा उल्लेख्य योगदान दिनुका साथै पत्रकारिता र शिक्षा क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएको’ बताउनु भयो ।

‘राणा शासन कालमा भारतबाट नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुग्ने गरी सञ्चालनमा आएको युगवाणी साप्ताहिकको सम्पादनको भूमिका निर्वाह गर्नुको साथै २००७ सालपछिको सरकारमा राजनैतिक सल्लाहकारको भूमिका निर्वाह गर्नु भएका देवकोटाले २०१४ सालमा डा. केआइसिंहको सरकारमा शिक्षा मन्त्रीको रुपमा त्रिभुवन विश्व विद्यालय र प्रज्ञा प्रतिष्ठान स्थापनामा योगदान गर्नुका साथै नेपाली भाषालाई विद्यालय र विश्वविद्यालयमा अनिर्वाय गराएर नेपाली भाषाको जगलाई मजबुत गराउनु भएकाे स्मरण गराउनु भएकाे थियाे ।

देवकोटा जयन्ती संयोजन समितिका संयोजक वरिष्ठ साहित्यकार काजि रोशनले महाकवि देवकोटाको जिवनी र योगदान बारे चर्चा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ८ जनाले आ-आफ्ना रचना वाचन गर्नु भएकाे थियाे भने कविता प्रतियोगिताको नियम बारे मधुश्री साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निर्णायक समितिका संयोजक धनराज सापकोटाले जानकारी गराउनुभएको थियो ।

कविता प्रतियोगितामा रामचन्द्र शर्मा उन्मुक्तकाे लक्ष्मि प्रथम, विजयश्याम राजभण्डारीकाे समाजसेवी द्धितीय र कोपिला कँडेलकाे देवकाेटा कुन कविता लेखुँ तृतीय भएका थिए ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, पुस्तकालयका निवर्तमान अध्यक्ष राम थापा ‘अविरल’ को स्वागत र स्मृति प्रकाशनका अध्यक्ष गुणराज शर्मा ‘गुराँस’ को सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.