सामाजिक सेवामा क्रियाशिल नारायणस्थान समाजिक सेवा प्रतिष्ठान बागलुङले मानव सेवा आश्रमको महायज्ञलाई प्रतिष्ठान परिवार ले सहयोग गरेको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन र कोष निर्माणको लागि रु २१ हजार ५ सय हस्तान्तरण गरेको नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङका अध्यक्ष नरेश्वर शर्मा ले धौलागिरी अनलाइन लाई जानकारी दिनुभयो ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गरेको नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङका सचिव विक्रम पौडेल बताउनुभयो।
भवन निर्माणका लागि आयोजना भएको महायज्ञमा उत्साहजनक रुपमा आर्थिक सहयोग आइरहेको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको हो ।

भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
श्रेष्ठ परिवारले सामाजिक, शैक्षिक, जनस्वास्थ्य, धार्मिक र मानविय क्षेत्रमा नियमित सहयोग गर्दै आएका छन् ।