असोज ५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका ७ स्थित मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको छ ।
तामाङको शनिबार बिहान ७ः२० बजे आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी गराउनु भयो । घटनास्थल पथरी बजारबाट ६ किलोमिटर दक्षिणमा पर्दछ ।
घटनापछि तामाङका ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार रहेकाले खोजीकार्य तीव्र पारिएको दाहालले बताउनु भयो । मृतक तामाङको दुई वटा घर भएकाले पुरानो घरमा ज्वाई रविन राई र नयाँ घरमा ससुरा चन्द्र बस्ने गरेको बुझिएको छ ।
रासस