बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु -

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट गलकोट नगरपालिका वडा नम्बर ५ की २० वर्षीया युवतीको युत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका

कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिडसँगै निमोनिया र ब्लड क्यान्सरको समस्या रहेको फोकल पर्सन घिमिरेले बताए । योसँगै बागलुङमा

संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । पछिल्लो समय संक्रममणको दर कम भए पनि जोखि भने उत्तिकै रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.