रोल्पा रुन्टिगढी गाउपालिका वडा न ६ कानकुटे डाँडा स्थित भित्रि सडक खण्डमा घोराही देखी डुब्रिङ रोल्पातर्फ जादै गरेको बसले ठक्कर दिदा पैदल यात्रु मृत्यु भएको छ ।रा १ ख २३५६ नम्बरको बसले पैदल यात्री रुन्टीगढी गाउँपालिका ७ बलवाङकी ७५ बर्षिय मनबुझा बिकलाई ठक्कर दिदाँ घट्ना स्थलमै मृत्यु भएको हो अहिले बसका चालक र सह चालक फरार रहेको इप्रका होलेरी प्रहरी निरिक्षक सरोज प्रजापतिले जानकारी दिनु भयो । शव र बस घट्नास्थलमै रहेको, बाटो अबरोध रहेको, चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।