धौलागिरी अनलाइन बागलुङ बलेवा र पर्वत कुश्मा बजार जोड्ने विश्वकै दोश्रो अग्लो बन्जी बैशाख १ गते संचालन मा ल्याउने तयारिमा रहेको , बन्दा बन्दी (लकडाउन) संगै द क्लिफ प्रा लिले आफ्नै रिसोर्ट परिसरमा नेपालकै अग्लो र नमुना पिङ बनाएको छ । बन्जी कालीगण्डकी नदि माथि रहेको छ भने उक्त बन्जी को उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी अग्लो र नमुना पिङ नदीबाट २ सय ४८ मिटर मा रहेको छ ।

उक्त पिङ जमिनबाट १२ मिटर अग्लो बनाइएको र पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक खालको निमार्ण भएको उक्त पिङ्ग गुलेलीको शैलीमा निर्माण गरिएको छ । अन्य पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर उक्त निमार्ण भएको पिङमा खेल्ने मान्छे बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ र पिङ मचिन्छ । भारतीय इन्जिनियर जग्मोहन जाङ्ग्राले पिङको डिजाइन गरेका हुन। उनैको प्राबिधिक सुझावका आधारमा पिङ निर्माण गरिएको हो। बिश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा यस्तै अन्य गतिविधि समेत थपिने अध्यक्ष राजु कार्कीले बताए।