एकैदिन दुईवटा ट्याक्टर पर्वत र बागलुङ मा चोरि

बागलुङ धौलागिरी अनलाइन 

                चोरी भएका ट्याक्टर कास्की जिल्लाको वडा न. १८ सराङकोटबाट नियन्त्रणमा लिईएको छ । केहि दिन अघि बागलुङ नगरपालिका–२ हाडेपाखाका अञ्जान शर्माको नाममा रहेको ट्याक्टर  ध १ त ५४७ नम्बरको चोरि भएको थियो । एकै दिनमा नै पर्वतबाट ट्याक्टर लु ४ त ३२४६ नम्बरको चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका विकाश थापाले जानकारी गराउनु भयो ।

लकडाउन सुरु हुनुभन्दा पहिले  ध १ त ५४७ नम्बरको ट्याक्टरमा ढाला जोड्नको लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको अस्मिता अटोमोबाईलमा लगेको र ढाला निमार्ण गर्न केही दिन समय लाग्ने भएका ले ग्यारेजमा राखेको ट्याक्टर अचानक चोरी भएपछि प्रहरीलाई जानकारी दिएको क्षेत्रबहादुर केसीले बताउनु भयो । सराङकोटमा भेटिएको खवर आएको केसीले जानकारी दिनुभयो ।

दुईहप्ता अघि भएको त्यस घट्नामा संलग्न रहेको आरोपमा २ जना बागलुङ को बलेवा क्षेत्रका रहेका ति किशोर १८ वर्षभन्दा मुनिका रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *