खाद्यन्नका पसलहरु विहान र बेलुका मात्र खोल्ने पाईने पर्वत कुश्मामा

पर्वत , जेष्ठ ६/ बिक्रम पौडेल

                     कोरोना भाईरस कोबिड-१९ बिश्वब्यापी रुपमा फैलिदै गए लगत्तै बन्द बन्दी लकडाउन पालन संगै  जिल्ला प्रशासन कार्यालय पर्वतले खाद्यन्नका पसलहरु विहान र बेलुका मात्र खोल्ने एक सुचना प्रकाशित गर्दै नियम जारी गरेको छ । बन्द बन्दी (लक डाउन) लाई प्रभावकारी पालना गराउनका लागि विहान ७ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म मात्र पसल खोल्न पाइने नियम प्रशासन कार्यायलले बनाएको हो ।



निम्न सुचना बमोजीम मेडिकल र कृषिजन्य पसल भने सवै समय खुल्ला र अन्य पसलहरु विहान र वेलुका मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धनश्याम गौतमले जानकारी दिएका छन् ।





Leave a Reply

Your email address will not be published. Required fields are marked *