April 19, 2024

धौलागिरी अनलाइन कार्तिक १३ पहिलो पटक वडा तहको बस्तीमा पुगेर बागलुङ नगरपालिकाले योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने,आजदेखि योजना सम्झौताको कार्यक्रम जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुग्नेे जानकारी दिएका छन । “अब कामले छिट्टै गति लिन्छ ।” उहाँका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन् । ती योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्ष पटकपटक नगरपालिका धाउनुपर्ने र उनीहरूले गर्ने खर्चभन्दा नगरपालिकाको एउटा टिम प्रत्यक्ष पुग्दा सबैको काम एकैदिन सकिने उहाँले अनुभव सुनाउनुभयो ।

तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनियर त्रिलोचन गिरीले बताउनुभयो । “एकदुई योजना सम्झौता पहिला भएका छन्, तर सबै प्राविधिक योजनाको लागत स्टिमेट बनाउन लागेका छौँ”, गिरीले भन्नुभयो, “गाउँमै पुगेर योजना सम्झौता गरियो भने उपभोक्तालाई काम गर्ने जाँगर पनि बढ्ने देखिन्छ ।”

Leave a Reply

Your email address will not be published.