बलेवा नेपाने र कुश्मा चाक्लेको डिल जोड्ने मोटरेवल पुल निर्माण हुने

धौलागिरी अनलाइन मंसिर १३ बागलुङ नगरपालिका -१४ नारायणस्थान नेपाने र पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला जोड्ने सार्क मुलुकहरुमध्येकै अग्लो नमुना मोटरेवल पुल निर्माण हुने भएको छ ।
कुश्मा नगरपालिका -४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान को नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो ।मोटर पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्भेक्षणको तयारी भएको सगै कालीगण्डकी नदिमाथि २०६ मिटरको उचाई र ५ सय १० मिटर लामो पुल निर्माणका अघिल्लो आर्थिक वर्षमै लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रकृया अघि बढाउन निर्देशन दिएको थियो ।
महाशाखाका शाखा अधिकृत शशी पौडेलद्धारा जारी पत्रमा कुश्मा-नेपाने कालीगण्डकी मोटरेवल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवदेनका आधारमा र विभिन्न समयमा विभिन्न मन्त्रालयले गरेको सर्वेक्षणका आधारमा आवश्यक प्रकृयाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गत फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएपछि चालु आर्थिक बर्षको बजेटमा समावेश गरेको पुल निर्माण समितिका अध्यक्ष एवम् अभियान्ता मेघनाथ शर्माले बताउनुभयो ।
उपभोक्ता समितिले २०७० सालदेखि हालसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय गरी ११ पटक निवेदन दिएको थियो । चालु आर्थिक वर्षभित्र विस्तृत सर्भेक्षणको सवै काम सम्पन्न गरेर टेण्ड आव्हान हुुने र अर्को आर्थिक वर्षको शुरुदेखिनै निर्माण कार्य शुरु हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *