बागलुङ नगरपालिका–७ कालिमाटीमा मोटरसाईकल दुर्घटना

बागलुङ नगरपालिका–७ कालिमाटीमा ग ८ प ६०४० मोटरसाईकल दुर्घटना भएको छ । बागलुङ बजारबाट मालिका जाँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

ग ८ प ६०४० नम्बरको मोटरसाईकल तीब्र गति तथा चालकले मादक पर्दाथ सेवन गरेको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए । घाईते हुनेमा बागलुङ नगरपालिका –७ मालिकाका २५ वर्षीय कुशल बोहरा र चालक २२ वर्षीय प्रकाश किसान रहेको भण्डारीले बताए । श्रोत बागलुङ पोष्ट

घाईतेहरुको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । घाईतेमध्ये बोहोराको अवस्था गम्भीर रहेको र पोखरा रिफर गर्ने तयारी भैरहेको बताईएको छ ।

उनीहरु सडक भन्दा करिब २५ मिटर तल झाँडीमा खसेको थिए । घटनाबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *