पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु -

पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

स्याङ्जाबाट बुटवल आउँदै गरेका एक पुरूषको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ का ४१ वर्षीय मोहनीलाल थापा शनिबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर १ बिरौटामा दुर्घटनामा परेका थिए। 

लु १४ प ८८७१ नम्बरको मोटरसाइकलमा सवार थापा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published.