२९ असोज, पर्बत । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजारमा स्थित २ वटा स्कुटर एक आपसमा जुध्दा १ युवतिको मृत्यु भएको छ । १९ बर्षकी कुनपा ४ की आसिका बोहोरा नेपालीको दुर्घटनामा परि मृत्यू भएको पर्वत अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले जानकारी दिए । सोमबार साँझ ग २१ प ४२९० र ध १ प ८३२४ नम्बरको स्कुटर आपसमा जुधेका थिए। थप विवरण आउन बाँकि छ।