November 14, 2024

धाैलागिरी अनलाइन , १७ कात्तिक बिक्रम पौडेल

कोरोना भाईरस कोबिड-१९ को संक्रमण बढने क्रम मा रहि रहदा दशै पछि बागलुङ बजार भित्र रहेका ब्यवसायि तथा समुदाय स्तर मा कोरोना भाईरस कोभिड -१९ को संक्रमण देखिए पछि बागलुङ नगरपालिकाले पनि प्रशासनमा बन्दबन्दी गराउन सिफारिस गरेको थियो । सिफारिस अनुसार बानपा वडा नं. १, २, ३ र ४ को क्षेत्रमा लकडाउन गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए । लकडाउनको समयमा दैनिक उपभोग्य बस्तु खरिदकालागि बिहान ७ देखि ९ बजेको समय तोकिएको छ । यो समयमा सबैले सामान खरिद गरिसक्नुपर्नेछ । एम्बुलेन्स, अत्यावस्यक सामाग्री ढुवानी, दूध र फलफूल तथा प्रेस पास भएका सवारी र औषधिजन्य बस्तुको ढुवानीपनि चल्नेछन् । बजार क्षेत्रमा अधिकांस पसल बन्द रहनेछन् । यश अगि नै पर्वत र म्यादि मा पनि एक हप्ता का लागि लकडाउन तथा बन्दा बन्दी सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published.