साहित्य कुञ्ज मासिककाे नवाैं श्रृंखला सम्पन्न्न -

साहित्य कुञ्ज मासिककाे नवाैं श्रृंखला सम्पन्न्न

१५ मंसिर २०८२ बागलुङ
साहित्य कुञ्ज मासिककाे नवाैं श्रृंखला सम्पन्न्न भएकाे छ , सार्थक प्रकाशन बागलुङद्वारा सञ्चालित साहित्य कुञ्ज मासिककाे नवाैं श्रृंखला सम्पन्न भएकाे छ । बागलुङ न.पा. ३ स्थित सनराईज वाेर्डिङ स्कुलमा सञ्चालित उक्त कार्यक्रममा सनराईज स्कुलका विद्यार्थी शिक्षक तथा अन्य गरि १३ जनाले आफ्ना आफ्ना रचना वाचन गर्नु भएकाे थियाे । गाउँ गाँउमा प्रतिभाकाे खाेजि गर्दै प्रत्येक महिना फरक फरक ठाँउमा कार्यक्रम सञ्चालन गरि फरक फरक प्रतिभाहरुलाई उजागर गर्ने संस्थाकाे उद्देश्य अनुरुप आजकाे श्रृंखला विद्यालयमा गरिएकाे कुरा आयाेजकले वताएकाे छ ।  कार्यक्रममा विद्यार्थी दीक्षा क्षेत्रीले ‘ काे हुन त गुरु’ , खुशि खड्काले ‘यस्ताे जिन्दगि’ तथा शिक्षक तेजन विश्वकर्माले ‘गजलहरु’, प्रकाश कार्कीले ‘सत्यकाे जीत’ र लाल वहादुर नेपालीले ‘आजकाे क्षण याे’ जस्ता रचना पस्किनु भएकाे थियाे । त्यसैगरी स्कुलका पुर्व विद्यार्थी  प्रवित हमालले अंग्रेजी तथा नेपाली दुवै भाषाका कविता प्रस्तुत गर्नु भएकाे थियाे ।


साे अवसरमा कार्यक्रमा स्मृति प्रकाशनका अध्यक्ष गुणराज पाैडेल “गुराँश” ले ‘समय वगिरहेछ’, उपाध्यक्ष रामचन्द्र शर्मा ” उन्मुक्त” ले ‘रामवाँण’ याेग प्रशिक्षक अमृत कंडेलले ‘उडानकाे राैनकता’, सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदी “पहाडी”ले ‘मेराे देश’, सदस्य एवं सनराईज स्कुलका प्राचार्य चन्द्र वहादुर क्षेत्री ” चन्द्र सुर्य” ले ‘हाईकुहरु’, सदस्य, शान्ति ज्ञवालीले ‘जिन्दगि’, सदस्य, ख्यामराज सुवेदीले ‘आमा’ नामक रचना वाचन गर्नु भएकाे थियाे ।


कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरेले संस्था एवं कार्यक्रमकाे उद्देश्य मर्म र भावनाकाे वारेमा वताउनु भएकाे थियाे ।
उक्त कार्यक्रममा वाेल्दै कार्यक्रमका प्रमुख प्रतिभा एवं धाैलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार काजीराेशनले साहित्य, समाजकाे रुपान्तरणकाे माध्याम हाे भन्दै आफ्नाे लामाे साहित्यिक यत्राका राेमाञ्चक अनुभवहरु व्यक्त गर्नु भएकाे थियाे ।


सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीले यस्ता कार्यक्रमहरु विद्यालयका शिक्षक तथा विद्यार्थिहरुकाे वीचमा गर्दा नयाँ नयाँ प्रतिभाहरुलाई प्राेत्साहन पुग्ने भएकाेले पनि याे कार्यक्रम विद्यालयमा सञ्चालन गरिएकाे कुरा वताउनु भएकाे थियाे ।
सार्थक प्रकाशनकाे नियमित साहित्यिक कार्यक्रम, साहित्य कुञ्ज मासिककाे कार्यक्रम संसथाका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे अध्यक्षता, सनराईज स्कुलका प्राचार्य चन्द्र वहादुर क्षेत्रीकाे स्वागत र साहित्यकर्मि ख्यामराज सुवेदीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.