धौलागिरी अनलाइन मंसिर १९ मध्यपहाडी लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्ड विस्तार गर्नको लागि आज बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका लागि यही मङ्सिर २१ गते आइतबारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय गरेको छ । मध्यपहाडी लोकमार्गको पर्वतखण्डको कुश्मा नगरपालिका-७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय बैठकले गरको छ । यातायात दिउँसो को समयमा बढि अावतजावात हुने भईले काम गर्न कठिनाइ हुने भएकाले सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।
मध्यपहाडी लोकमार्गमा अहिले धमाधम काम भइरहेको छ । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको छ । खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्लाबीचको दूरीमा रहेको भिरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण अघि बढाउन लागिएको हो ।
मध्यपहाडी लोकमार्गको आयोजना अवधि ३६ महिनामा निर्माण काम सक्ने गरी सम्झौता भए पनि गत भदौमा सम्झौता अवधि सकिसकेको छ । कोभिड-१९ का कारण झण्डै सात महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरुआत भए संगै पर्वतखण्डमा सडक स्तरोन्नतिको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे गर्ने काम भै रहेको कम्पनीका प्रतिनिधि राजाराम आचार्यले जानकारी दिएका छन