ट्याक्टर दुर्घटना गलकोट नगरपालिका वडा नम्बर २ मा भएको छ ।

बागलुङ बजार देखी गलकोट आउदै गरेको ध १ त ४९ नम्बरको ट्याक्टर गलकोट नगरपालिका वडा नम्वर २ को भुङ्खानीमा दुर्घटना भएको गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी ले जानकारि दिनुभयो । उक्त ट्याक्टर राति को करिब ३ बजेको समयमा उक्त स्थानमा दुर्घटना भएको हो ।

ट्याक्टर चालक बेपत्ता भएको र खोजि कार्य भैरहेको प्रहरी चौकी नरेठाँटिले जनाकारी दिनुभयो । बिहान ४ बजेको समयदेखी नै प्रहरी, जनप्रतिनिधी र स्थानिय बासि हरु द्वारा चालकको खोजि भैरहेको छ

चालक मात्रै रहेको र ट्याक्टर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको ट्याक्टरले ग्यास, खाद्यान्नसामाग्री लिएर गलकोट आउदै गरेको थियो ।

थप विवरण आउन बाँकी ।

One thought on “ट्याक्टर दुर्घटना गलकोट नगरपालिका वडा नम्बर २ मा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *