शान्ति माध्यामिक बिद्यालय बागलुङको कुश्मिसेरामा भुकम्प मापन यन्त्र जडान

धौलागिरी अनलाइन कात्तिक ७ शान्ति माध्यामिक बिद्यालयमा बागलुङको कुश्मिसेरामा भुकम्प मापन यन्त्र जडान गरिएको छ ।
जैमिनी नगरपालिकाको वडा नम्वर १ कुश्मिसेरामा रहेको शान्ती माध्यमिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको हो ।
१ लाख ५० हजार रुपैयाँको लागतमा जैमिनी नगरपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम अनुसार यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।
भुकम्प मापन यन्त्रले २ दशमलव ५ रेक्टर स्केल माथीको भुकम्पको मापन गर्न सक्ने आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *