पर्वत को पिपलटारिको थाउसेेखोलामा कार जलेर ध्वस्त

धौलागिरी अनलाइन मंसिर १
पोखरा बाट पर्वत का लागि आउँदै गरेको कारमा कुश्मा नगरपालिका वडा नं १० पिपलटारीको थाउसेखोला मा ग २ च ३९१२ नम्बरको कारमा अचानक आगलागी भएको हो । गुडिरहेकै अवस्थामा एक्कासि आगलागी भएपछि बाटोमै जलेर ध्वस्त भएको स्थानीय उक्त कार चलाक सुवास नेपालीले जानकारी दिनुभयो । उक्त कारमा कुनै मानवीय क्षति भने नभएको कार जलेर पुर्णरुपमा ध्वस्त भएपनि उहाले बताउनुभयो । कार गुडिरहेकै अवस्थामा के कति कारणले आगलागी भयो दुई वर्ष अगाडि खरिद गरेको कार एक्कासि जल्दा आफू अनभिज्ञ रहेको नेपालीले वताउनुभयो ।