धौलागिरी अनलाइन लुम्बिनी — रुपन्देहीको मर्चवारी गाउँपालिकामा वडा नम्बर ५ बस्ने एक युवकलाई करेन्ट लागेर मृत्यु भएको छ । मृत्युु हुने २१ वर्षीय रमनकुमार पाण्डे रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
केबल टेलिभिजनको तार मर्मत गर्ने क्रममा बिहीबार साँझ साढे ६ बजे पाण्डेलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
विद्युतीय पोलमा नेटको तार मर्मत गर्ने क्रममा पाण्डे लाई करेन्ट लागेको थियोे उनि डिजी नेटवर्कका कर्मचारी रहेका थिए ।
करेन्ट लागी घाइते भएका पाण्डेलाई उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी भट्टले जानकारी दिए ।