आइतबार बसकेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले आगामी दशौं महाधिवेशनमा ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरेको छ ।
नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था राखिए पनि आइतबार बसेको बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख छ ।
प्रस्तावमा उमेर हद र कार्यकारी पदमा दुई पटक भन्दा बढी दोहोरिन नपाउने भनिएको छ । यसैगरी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा भने अध्यक्षसँगै सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख गरिएको छ ।
विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि सोमबार छलफल गर्ने निर्णय भएको छ । एमालेको विधान महाधिवेशन आगामी असोजको १५ देखि १७ गते हुने भनिएको छ । साभार news24