बागलुङको गलकोट मा करेन्ट लागेर एक जना को मृत्यु -

बागलुङको गलकोट मा करेन्ट लागेर एक जना को मृत्यु

गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

गलकोट नगरपालिका वडा नम्वर ३ हटिया लोकतन्त्र चोकमा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत गुरुवाकोट नगरपालिका वडा नम्वर ६ हाल हटियाको लोकतन्त्र चोकको गलकोट ग्रिल उद्योगमा कार्यरत ४४ वर्षिय प्रेम बहादुर कामीको मृत्यु भएको हो । 

करेन्ट लागेर निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

आज मध्यान्न १२ बजेको समयमा काम गर्ने क्रममा कामीलाई करेन्ट लागेको थियो । कामीको ईमर्जेन्सी पोलिक्लिनिकमा उपचारको क्रममा दिउँसो करिव साढे १ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । कामीको शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालमा लगिएको छ । 

कामी विगत ६ वर्षदेखि गलकोट ग्रिल उद्योगमा कार्यरत हुनुहुन्थ्यो । साभार

Leave a Reply

Your email address will not be published.