मुस्ताङमा पनि आँखा पाक्ने रोगको देखियो । -

मुस्ताङमा पनि आँखा पाक्ने रोगको देखियो ।

हिमाली जिल्ला मुस्ताङमा पनि आँखाका बिरामी बढ्न थालेका छन्। जिल्लामा अहिले १८ जनाभन्दा बढीमा आँखा पाक्ने रोगको समस्या देखिएको सामुदायिक आँखा केन्द्र जोमसोमकी वरिष्ठ नेत्र सहायक रुमिला नेपालीले जानकारी दिइन्। 

स्थानीय नागरिकलाई भन्दा बेसीबाट हिमालतर्फ आवतजावत गर्नेहरूलाई आँखा पाक्ने रोगको समस्या देखिएको वरिष्ठ नेत्र सहायक नेपालीले बताइन्। उनले चिसो भुगोलमा यो रोगको संक्रमण जोखिम कम हुने भए पनि बेसीको आउजाउले जोखिम बढेको बताइन्।

जिल्लामा आँखा पाक्ने बिरामीका साथै आँखाको एलर्जी हुने बिरामी पनि बढेको सामुदायिक आँखा केन्द्र जोमसोमले जनाएको छ। मुख्यगरी मुस्ताङमा बढी मात्रामा हावाहुरी चल्ने र हावाकै कारण धुलाम्मे हुने भएकाले एलर्जी हुने समस्या देखिएको हो। रासस

Leave a Reply

Your email address will not be published.