बाँझो रहेको जमिनमा खेती गर्नेलाई कृषक लाई फलेवास नगरपालिकाले अनुदान दिने -

बाँझो रहेको जमिनमा खेती गर्नेलाई कृषक लाई फलेवास नगरपालिकाले अनुदान दिने

१३ जेठ २०७७ धौलागिरी अनलाइन

पर्वतको धेरै समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई फलेवास नगरपालिकाले अनुदान दिने घोषणा गरेको छ । कोरोना भाईरसको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिदै गयका कारण मुलुक बन्द बन्दि( लडक डाउन) मा रहेका बेला बाँझो जमिनमा खेती गरे अनुदान दिने पर्वतको फलेवास नगरपालिकाले निणर्य गरेको छ ।

बाँझो जमिनमा खेति गरि उत्पादन बढाएर खाद्य अभाव नहोस् भन्ने धारणा राखेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । दुई बर्ष भन्दा बढी लामो समय बाँझो रहेको जमिनमा खाद्यान्न उत्पादन जस्तै धान, मकै, कोदो खेती गर्ने किसानलाई अनुदान दिने निणर्य गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

बिश्वब्यापी महामारि को यस्तो अवस्था आउने हो भने वाहिर बाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ ।त्यस्तो बिषम परिस्थिति नहोस् भन्ने उदेश्य ले कृषकहरुले उत्पादनमा जोड दिनुपर्छ । बाँझो जमिनमा खेती गरे नगरपालिकाले प्रत्येक वडा कार्यालयवाट प्राप्त तथ्याङकको आधारमा अनुगमन गरि बास्तविक कृषक देखिएमा बीउ,मल व्यवस्थापनको लागि प्रतिरोपनी रु. २ हजार रुपैयाँ दिने जानकारी दिनुभयो ।

इच्छुक व्यक्तिले बाँझो जमिनमा खेती गर्न तयार भै नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा धनी प्रमाणपत्र ,सम्बन्धित टोलको सिफारिस, र लिज वा भाडामा भए सम्झौता पत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्र सहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरेको फलेवास नगरपालिकाका अनुरोध गर्दछ ।

Leave a Reply

Your email address will not be published.