८ जेठ २०७७ धौलागिरी अनलाइन बिक्रम पौडेल
बागलुङ नगरपालिका -१२ अमलाचौर साबिक को वडा नम्बर – २ बाट ४ जना र वडा नम्बर – १ बाट १ जना र वडा नम्बर ६ बाट १ जना लाई स्वाब परिक्षण का लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ मा पठाईएको थियो । धौलागिरी अञ्चल अस्पताल बाट पोखरा स्वास्थ्य प्रयोगशालामा पठाईएको र उक्त ६ जना कै रिपोर्ट नेगेटिभ अाएको बागलुङ नगरपालिका -१२ का वडाध्यक्ष गुरुदत्त पाठक ले जानकारी दिनुभयो ।

नेगेटिभ आएपनि १४ दिनका लागि क्वारेन्टाइन मा उहाँहरुलाई राखिएको वडाध्यक्ष पाठक ले बताउनु भयो ।