८ जेठ २०७७ धौलागिरी अनलाइन
रुपन्देही । गुल्मीको मदाने गाउँपालिका वडा नं.६ का रहेका ति व्यक्तिको विहिवार विहान मृत्यु भएको क्रिमसन अस्पतालमा उपचार मा मृत्यु भएको र प्रशासनले प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले एक सुचना जारी गर्दै कोरोना संक्रमित मृतक व्यक्तिप्रति श्रद्धाञ्जली दिएको छ।
यो नेपालकै तेस्रो घटना हो। कोरोनाकै कारण मृत्यु भएको यसअघी सिन्धुपालचोककी एक महिला र बाँकेका एक पुरुषको पनि निधन भएको थियो।
कोरोनाकै कारण मृत्यु भएपनि मृतक व्यक्तिको बुधवार दोस्रो पटक स्वाव संकलन गरि पुन परिक्षणका लागि लगिएको अस्पतालका प्रमुख प्रसाशकिय अधिकृत शेखर प्रसाद पोख्रेलले जानकारी दिएका छन् ।
