मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड लगातारको वर्षाका कारण अवरुद्ध

धौलागिरी अनलाइन मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड लगातारको वर्षाका कारण अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि  पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।
वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।
बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन र पोखरा काठमाडौं नारायणगढ रुट हुदै आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *